धनगढीका दुई होटलबाट देहव्यापारमा संलग्न सात जना पक्राउ

धनगढीका दुई होटलबाट देहव्यापारमा संलग्न सात जना पक्राउ

धनगढी : धनगढीका होटेलबाट देहव्यापार तथा यौन धन्दामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका वडा नं. ५ हसनपुर स्थित विकास होटेल र वडा नम्बर ३ स्थित होटेल रोयल प्यालेसमा देह व्यापार गराई रहेको भन्ने सूचनाको आधारमा उक्त स्थानमा प्रहरी टोली खटिई चेक जाँच गर्दा होटेल सञ्चालक सहित ७ जनालाई नियन्त्रणमा लिइएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो ।

प्रहरीका अनुसार होटेल सञ्चालकले काम गर्न भनी बोलाई उनीहरूको आर्थिक कम्जोरीको फाइदा उठाई होटेलमा आएका ग्राहकहरू सँग शारीरिक सम्पर्क गराउन लगाउने गरेको भेटिएको छ । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. २ का २४ वर्षका अक्षय राना, भारत उत्तर प्रदेश रक्षापुरम, मोरठ कैदका २४ वर्षका मिलिंद त्यागी, सोही ठाउँका २२ वर्षीया बिश्वदिप बच त्यागी रहेका छन् ।

त्यस्तै भारतकै कृष्णानगर, कोलोनी, भरतपुरका २६ वर्षीया अभिषेक सिंनसिनवार, धनगढी उपमहानगरपालिका वडा नं. ३ का २८ वर्षीया सदानन्द राना, ३६ वर्षका रानशरण राना र ५० वर्षका सन्त बहादुर थापा रहेका छन् । कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसार पसारमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भई रहेको बताउनु भएको छ ।