डडेल्धुरा अस्पतालका चिकित्सकमाथि हातपात गर्नेमध्ये एक जना पक्राउ

डडेल्धुरा अस्पतालका चिकित्सकमाथि हातपात गर्नेमध्ये एक जना पक्राउ

डडेल्धुरा : जिल्ला सदरमुकामा रहेको डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि आक्रमण गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले चिकित्सकको उजुरीका आधारमा आइतबार दिउँसो शंकास्पद एकजनालाई नियन्त्रणमा लिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।

नियन्त्रणमा रहेका व्यक्तिका विषयमा आवश्यक अनुसन्धान भइरहेकाले उनको परिचय भने गोप्य राखिएको छ। ‘आज दिउँसो एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ’ प्रजिअ पौडेलले भने, ‘अहिले प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।’