कञ्चनपुरको खैरेनीमा चरी बाघको आतङ्क

रासस    

कञ्चनपुरको खैरेनीमा चरी बाघको आतङ्क

कञ्चनपुर : भीमदत्त नगरपालिका–६ खैरेनीमा केही दिनदेखि चरी बाघ (लिओपार्ड क्याट) ले आतङ्क मच्चाएको छ । बाघले गोठमा पसेर स्थानीयका बाख्रा खान थालेको छ । चरी बाघ संरक्षित वन्यजन्तुको सूचीमा समावेश गरिएको जनावर हो ।

खैरेनीका हिरा धानुकले केही दिनदेखि चरी बाघले गोठमा पसेर तीन बाख्राका पाठा खाइसकेको बताउनुभयो । “हेर्दा रातो पाटो देखिन्छ । राति आउँछ, हल्ला गरेपछि भागेर जान्छ”, उनले भने । स्थानीयवासीका अनुसार मानबहादुर रावल र खगेन्द्रका दुई÷दुई तथा हरिना पाण्डेको एक बाख्रा खाएको छ । अन्य सात बाख्रा दाह्रा लगाएर घाइते बनाइएका छन् ।

जिल्ला वन कार्यालयको प्राविधिक टोलीले शनिबार स्थलगत निरीक्षण गरी चरी बाघले पु¥याएको क्षतिको जानकारी लिएको छ । जिल्ला वन कार्यालयका सहायक अधिकृत जीवछ यादवले स्थानीयवासीले दिएको जानकारीका आधारमा स्थलगत निरीक्षण गरिएको बताए ।

“गाउँबाट सूचना आएपछि त्यहीँ पुगेर जानकारी लिएका छौँ । बाख्रा खाएको पनि हे¥याँै”, अधिकृत यादवले भने “तर बस्तीमा बाघ त नआउनुपर्ने हो, कहाँबाट कसरी आयो, अचम्ममा छाँै ।”



आइतबार २९, असार २०७६ १२:२९ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस