एसपिएलाई देशभरीमा "उत्कृष्ट मा.वि"  सम्मान

एसपिएलाई देशभरीमा "उत्कृष्ट मा.वि"  सम्मान

धनगढी : धनगढीमा रहेको सुदुरपश्चिमाञ्चल एकेडेमि (एसपिए) देशकै उत्कृष्ट माध्यमिक बिद्यालयको उपाधी बाट सम्मानित गरिएको छ । शनिबार काठमाडौमा आयोजना गरिएको एक समारोहका बिच एकेडेमीका क्याम्पस प्रमुख हेमराज जोशी लाई सस्थागत रुपमा सम्मान एवं प्रमाणपत्र हस्तान्तरण गरिएको हो । 

सम्मान ग्रहणपश्चात बोल्दै क्याम्पस प्रमुख जोशीले सुदूरपश्चिमबाटै देशभरकै उत्कृष्ट क्याम्पसहरुमा छनौट भई सम्मानित हुनु यस क्षेत्रकै गौरव भएको बताउनुभयो ।

आयोजक नागरिक एकता समाज, काठमाडौले नेपालको शैक्षिक क्षेत्रमा एकेडेमीले पुर्याएको योगदान र उत्कृष्ट शैक्षिक नतिजा एवं अतिरिक्त क्रियाकलापमा अब्बल रहेको एकेडेमीलाई उक्त सम्मान प्रदान गरेको छ । 

एकेडेमीले विगत २० बर्ष देखि सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी बाट निरन्तर उच्च शिक्षा प्रदान गर्दै आएको छ । हाल माद्यामिक तहमा कक्षा ११ र १२ मा  ४ संकायमा विभिन्न विषयको अध्यापन गराउदै आइरहेको छ । 

शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु द्वारा संचालित एसपिएले स्नातक र स्नातकोत्तर तहमा समेत विभिन्न संकायमा सीप मुलक तथा रोजगारमुलक बिषय अध्यापन गराउदै आएको छ । यस अवसरमा सुदुरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुबास शाहिले एकेडेमीलाई यो स्थानमा पुर्याउन सहयोग गर्ने सम्पूर्ण प्रति धन्यवाद ज्ञापन गर्नु भएको छ ।