जन्मदिनको अवसरमा एक युवाले गरे वृक्षारोपण

जन्मदिनको अवसरमा एक युवाले गरे वृक्षारोपण

धनगढी : आफ्नो जन्म दिनको अवसरमा डोटीबाट पढाईको सिलसिलामा धनगढी आएका एक युवाले वृक्षारोपण गरेर आफ्नो जन्मदिन मनाएका छन । कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत आभास उपाध्यायले आफ्नो १७ औ जन्म उत्सबको मौकामा वृक्षारोपण गरेका हुन ।

उनले धनगढीमा रहेको प्रमुख धार्मीक पर्यटकिय स्थल शिबपुरी धाममा जन्म दिनको अवसर पारेर बिभिन्न बिरुवाहरु रापेका हुन । सानै उमेर देखी सामाजिक कार्यमा रुचि भएका उपाध्याय पछिल्लो केही समय समाजिक सेवा गर्न तिर अग्रसर भएका छन । उनी अहिले कैलाली बहुमुखी क्याम्पसमा समाज कार्य बिषय लिएर अध्ययन समेत गरिरहेका छन।

पछिल्लो केही बर्ष यता नेपालमा हरियो बन मासिदै गएका कारण आफुले हरियो बनलाई सबैले जोगाउन पर्ने उनले बताए । वातावरण हराभरा हुनु पर्छ सबैले स्वछ वातावरणमा रमाउनु पर्छ, बन जङ्गलको संरक्षण गर्नु पर्छ भन्ने उद्धेश्यले वृक्षारोपण गरेको उनको भनाई छ ।

जन्म दिनको नाममा फजुल खर्च गर्नु भन्दा असहाय लगायत लाई सहयोग गर्न सबै युवाहरुलाई आग्रह गरेका छन । साथै अबको बाकी जीबन समाजको लागी नै समर्पित गर्ने उनले बताएका छन ।