ओमप्रकाश पन्त हत्या प्रकरणबारे नयाँ शिराबाट अनुसन्धान गर्न परिवारको माग

ओमप्रकाश पन्त हत्या प्रकरणबारे नयाँ शिराबाट अनुसन्धान गर्न परिवारको माग

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरवेहडी निवासी ओमप्रकास पन्तको हत्या भएको ६ बर्ष पुग्न थालेपनि अझै हत्यारा पत्ता नलागेको भन्दै आफन्त आक्रोशित भएका छन । उनीहरुले घटनालाई प्रहरी प्रशासनले नै ढाकछोप गर्न खोजेको आरोप लगाएका छन । 

२०६९ साल मंसिर २५ गते राती घर नजिकै हत्या भएको ६ बर्ष पुग्नै थालेपनि घटनामा संग्लनहरु लाई अझै कानुनी दायरामा नल्याएको मुतक पन्तका वुवा श्रीकृष्ण पन्तले गुनासो गर्नुभयो । 

मगलवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाले प्रहरीले ६ बर्ष सम्म सवुत प्रमाणहरु नष्ट गर्ने काम गरेपनि घटनाको सत्य तथ्य बाहिर नल्याएको जानकारी दिनुभयो । 

घटनामा संग्लन हुन सक्ने केहि ब्यक्तिहरुको विरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले उनिहरुलाई सामान्य रुपले सोधपुछ गरी छोडको उहाको भनाई छ । पन्तका वुवा श्रीकृष्ण पन्तले घटनालाई नयाँ सिरा बाट अनुसन्धान गरिदिन प्रहरी र सरकार लाई आग्रह गर्नुभयो । 

६ बर्ष देखि निरन्तर न्यायका लागी राज्यका सवै निकायसंग पुगेपनि सवैले आश्वसन मात्रै बाडेको आरोप पन्तको छ । 

यसअघि गठन गरिएका अनुसन्धान टोलीले पुरानो फाइलका आधारमा मात्रै घटना लाई हेरीरहेका कारण घटना बाहिर नआएको श्रीकृष्ण पन्तको भनाई छ । 

छोराको हत्यारा लाई कानुनी दायरामा ल्याउँन नसक्दा आफु र आफ्नो परिवार लाई हानी नोक्सानी हुन सक्ने भन्दै उहाले तत्काल यसको समाधान खोज्न आग्रह गर्नुभयो । 

ओमप्रकास पन्तको हत्या प्रकरणमा दोषी लाई चाडो भन्दा चाडो कानुनी दायरामा ल्याउँन मुख्य मन्त्री त्रिलोचन भट्ट लाई नेपाल प्राध्यापक संघले केहि दिन पहिले ज्ञापन पत्र वुझाएको छ । 

घटनामा सम्बन्धीत निकाय गम्भिर नभए अब सडक आन्दोलनमा जाने मृतकका आफन्तले चेतावनी दिएका छन ।