जव गभर्वती महिलाले अटो रिक्सामै बच्चा पाईन्...........

जव गभर्वती महिलाले अटो रिक्सामै बच्चा पाईन्...........

धनगढी : कैलालीको धनगढीमा एक महिलाले अटो रिक्सामै बच्चा पाएकी छन । 

सुत्केरी व्यथा लागेर अटोरिक्सामा अस्पताल ल्याउदै गरेकी धनगढी उपमहानगरपालिका, १२ ए गाउँ जुगेडाकी २५ वर्षीय पार्वती थापा मगलवार दिउँसो १ बजे अटोमा बच्चा पाएको सेती अञ्चल अस्पतालले जनाएको छ । 

श्रीमान रोजगारीका सिलसिलामा भारतमा रहेका बेला उनलाई दिदी चन्द्रा थापाले अटोरिक्सामा ल्याएकी थिइन् ।

बाटोमै व्यथा बढी लागेपछि स्वाथ्यकर्मीको सहयोगमा अस्पतालको गेटमै अटो रिक्सामा उनले दोस्रो सन्तानको रुपमा छोरा जन्माएकी हुन । 

बच्चा जन्मिसकेपछि मात्रै उनलाई अस्पतालको प्रसुति कक्षभित्र लगिएको थियो । 

सेती अञ्चल अस्पताल प्रसुति विभागकी नर्स लक्ष्मी शाहले भनिन्, ‘बच्चा र आमाको अवस्था ठिक छ । बच्चाको तौल ३ किलो रहेको छ ।’

पार्वती थापा अस्पतालको गेटमा अटोमै बच्चा पाएपछि वरिपरि हेर्नेको भिड लागेको थियो ।