डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकलाई मन्त्रालयमा हाजिर हुन आग्रह

डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकलाई मन्त्रालयमा हाजिर हुन आग्रह

डडेल्धुरा : सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले डडेल्धुरा अस्पतालमा कार्यरत सबै चिकित्सकहलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेको छ। जिल्लामा असुरक्षा भएको भन्दै संघले उनीहरुलाई काठमाडौं हाजिर हुन भनेको हो। 

‘सुरक्षाको सत प्रतिशत ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुसन्धान नगरिएसम्म अस्पतालमा कार्यरत चिकित्सकहरुलाई आत्मसुरक्षाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गर्दछौँ’ संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डे र महासचिव डा. रविन खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। बुधबार दिउँसो स्थानिय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको टोले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकहरुले बताएका छन्। 

आक्रमणपछि अस्पतालका चिकित्सकहरुले विज्ञप्ति जारी गरी सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारबाही नभएसम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको घोषणा समेत गरेका छन्।

बुधबार दिउँसो स्थानिय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको टोले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकहरुले बताएका छन्। 