यौनिकता शिक्षा सम्बन्धी तालिम धनगढीमा सम्पन्न

यौनिकता शिक्षा सम्बन्धी तालिम धनगढीमा सम्पन्न

धनगढी : धनगढीमा मंगलबार बाट सुरु भएको ३ दिने पत्रकारहरुका लागी क्षमता अभिबृद्धि तालीम सम्पन्न भएको छ । युनेस्कोको सहयोग र मेघा स्कील ट्रेडिङ एण्ड रिसर्च सेन्टरको आयोजनामा तालीमको आयोजना गरिएको थियो ।

तालीममा यौनिकता सम्वन्धी जानकारी गराइएको थियो । तालीमको सहजीकरण  बरिष्ठ यौन बिशेषज्ञ डा.खेम कार्की, शिक्षाबिद् डा.तपराज पन्त, मिनाक्षी न्यौपाने,इन्दिरा अर्यालले तालीमको सहजीकरण गर्नु भएको थियो । तालीमको समापन कार्यक्रममा बोल्दै बरिष्ठ यौन बिशेषज्ञ डा.खेम कार्कीले  अहिले पनि समाजमा धेरैले यौनका बिषयमा खुलेर कुरा गर्न नसकेको बताउनुभयो ।

उहाँले यौनीकता सम्वन्धी समाजमा रहेका गलत बुझाइलाई कसरी बाहिर निकाल्न सकिन्छ भनेर तालीमको आयोजना गरिएको बताउनुभयो । तालीममा अछाम,बाजुरा र कैलाली जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो।