आयातीत तरकारी र फलफूल परिक्षण गरेर मात्रै आयात गर्न माग

आयातीत तरकारी र फलफूल परिक्षण गरेर मात्रै आयात गर्न माग

धनगढी : स्थापना गरिएको छोटो समयमै सामाजिक कार्यमा सक्रिय धनगढी ग्यालरीले बाहिरी देशबाट आयात हुने तरकारी र फलफूल विषादी परिक्षण गरेर मात्रै आयात गर्न माग गरेको छ ।

बिहिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै ग्यालरीले भन्सार विन्दुमा प्रयोगशालाको स्थापना गर्दै विषादी परिक्षणको व्यवस्थाप मिलाउन माग गरेको छ ।

बिषादी परिक्षण बिना आयात भईरहेको तरकारी र फलफूलका कारण जनस्वास्थ्यमाथि गम्भिर असर परिरहेको भन्दै भन्सारमा आवश्यक पुर्वाधार र दक्ष जनशक्ति व्यवस्थापन गरि विषादी परिक्षणका लागि मन्त्रीपरिषद्ले गरेको पहिले कै निर्णय कार्यान्वयन गर्न माग गरेको छ ।

ग्यालरीले सर्वच्चो अदालतले विषादी परिक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको स्वागत समेत गरेको छ।