तीन दिनदेखि लगातारको अविरलसँगै साफे- मार्तडी सडक अवरुद्ध

तीन दिनदेखि लगातारको अविरलसँगै साफे- मार्तडी सडक अवरुद्ध

बाजुरा : तीन दिनदेखि लगातारको अविरलसँगै साफे- मार्तडी सडक अवरुद्ध भएको छ।लगातार वर्षा आएपछि बार्जुगाड खोला बार्जुगाडदेखि मार्तडीसम्मको सडकखण्डमा ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

पहिरोले आवतजावतमा समस्या भएपछि स्थानीयलाई समस्या भएको जय मालिका यातायात बस व्यवसायी पृथ्वी रावलले बताए। रावलले बार्जुगाडहुँदै गुईगाड खोलाको पुल नजिकै, बल्दे, अम्कोट,तिपाडालगायतका ठाउँमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो।

बुधबार बिहानैबाट ठाउँठाउँमा पहिरो आएपछि लामो तथा छोटो दूरीका यातायातका साधन बाम्का बजारभन्दा माथि आउन नसकेको यात्रु विजय नारायण यादवले जानकारी दिएका छन्।

अविरल वर्षाका कारण सडक अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले बताए। अवरुद्ध सडक संचालनमा ल्याउन सडक डिभिजन कार्यालय साँफेलाई जानकारी गराएको न्यौपानेले जानकारी दिए। साफे-मार्तडी-सडकअन्तर्गत अछाम जिल्लाका बुढाबगरलगायतका ठाउँमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको छ।