शिल्पा र छबीविच लिखित सम्झौता

शिल्पा र छबीविच लिखित सम्झौता

छवि ओझाले घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी दिएकी शिल्पा पोखरेलले बिहीवार छवी ओझासंग सहमति गरेकी छिन् । उनीहरुको विवाद छलफलबाट टुंगिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा छबीले शिल्पाको सुरक्षाको ग्यारेन्टी लिएका छन् ।

फिल्म निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर भित्रिएकी शिल्पा फेरी छबीसंग बस्छिन् वा छुट्टै बस्छिन् भन्न सकिन्न । २०७३ सालको दशैंमा गोप्य विवाह गरेका यी जोडीले विवाहको प्रसंगलाई भने गुपचुप राख्ने प्रयाश गरेका थिए।

छविराजले चलचित्र ‘लज्जा’ मार्फत् फिल्ममा डेब्यु गरेकी शिल्पाले हवल्दार सुन्तली, मंगलमलगायतका फिल्ममा अभिनय गरेकी छिन् ।