कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कार गर्ने पक्राउ

कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कार गर्ने पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कार गर्ने एकजना पक्राउ परेका छन् । १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १ को बन्धाताल टोलका ३९ वर्षीय कालु नेपालीलाई पक्राउ गरेको हो | 

नेपालीले मंगलबार राती करिब १० बजेको समयमा छोरीलाई बलात्कार गर्दै मोबाइलमा भिडियो समेत बनाएको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार श्रीमतीले मोवाइल चलाउने क्रममा बलात्कार गरेको भिडियो देखेपछि घटनाको रहस्य बाहिर आएको हो |