फेसबुकको नयाँ फिचर, फोटो जुम गरेर हेर्दा फस्नुहुनेछ तपाईं

फेसबुकको नयाँ फिचर, फोटो जुम गरेर हेर्दा फस्नुहुनेछ तपाईं

फेसबुकमा यदि कुनै फोटोलाई जुम गर्नका लागि दुईपटक ट्याप गर्नुहुन्छ भने तपाईंले अब सोच्नुपर्ने बेला भएको छ । किनभने फेसबुकले इन्स्टाग्राममा भएको फिचर अब फेसबुक एपमा सुरु गरेको छ । यसको घोषणा कम्पनीले पछिल्लो महिना नै गरेको थियो तर अब प्रयोगकर्ताले यो नयाँ फिचर प्राप्त गर्न थालेका छन् ।

वास्तवमा, फेसबुकको आइओएस एपमा अब कुनै फोटोलाई डबल ट्याप गर्दा लाइक हुने फिचर आइसकेको छ । इन्स्टाग्राममा निकै अघिदेखि यो फिचर छ । कुनै फोटोलाई लाइक गर्दा तपाईंले डबल ट्याप गर्नुपर्ने हुन्छ । यदि तपाईं पनि कुनै प्रयोगकर्ताको फोटो जुम गर्नका लागि डबल ट्याप गरिरहनुभएको छ भने अब यो लाइक मानिनेछ ।

आजकाल सोसल मिडिया प्रयोगकर्ताले फोटो र पोष्ट हेर्ने तर लाइक कमेन्ट गर्दैनन् । यस्ता बानी भएका व्यक्तिलाई फेसबुकको यो फिचरले फसाउन सक्छ ।