सत्तापक्षीय सांसदलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप

सत्तापक्षीय सांसदलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप

धनगढी – नेकपा संसदीय दलको बैठकमा सबै सांसदहरुलाई बिहीबार बस्ने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको छ ।  
संसदीय दलको अनौपचारिक बैठकमा छलफल भएपछि दलका प्रमुख सचेतक तारा लामा तामाङले दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टसितको सल्लाहमा सबै सासदलाई ह्वीप जारी गर्नुभएको हो । प्रदेश सभामा बजेट माथि सांसदहरुले आफ्ना धारण राख्ने पालो बिहीबार सकिने र त्यस लगत्तै सांसदहरुले उठाएका प्रश्नहरुको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले जवाफ दिएपछि बजेट पारित गर्ने प्रक्रिया शुरु हुने छ । 
बजेटको विरोधमा सत्तापक्षकै सांसदहरुले सदनमा कुरा राखेपछि पारित गराउन दलबाट ह्वीप जारी गर्नुपरेको हो ।