टीकापुर बाट खैरो हिरोइनसहित दुई जना पक्राउ

टीकापुर बाट  खैरो हिरोइनसहित दुई जना पक्राउ

टीकापुर : कैलालीको टीकापुर नगरपालिका-७ सोनाहाफाँटाबाट खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरले भारतबाट नेपाल ल्याउँदै गरेको लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जानकी गाउँपालिका ७ मोतिनगरका २० वर्षीय सुमन बुढाक्षेत्री र टीकापुर नगरपालिका-१ ब्लक नं. २९ का २० वर्षीय नविन भण्डारी हुन्। उनीहरुको साथबाट २ ग्राम ९ सय मिलिग्राम खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय कापुरका प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए।

प्रहरीको गस्ती टोलीले उनीहरुलाई भारततर्फबाट से ४ प ९५९५ नम्बरको मोटरसाइकल लागुऔषध ल्याइरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेकामध्ये बुढाक्षेत्रीले चलाएको मोटरसाइकलमा भण्डारीले लागुऔषध मुखमा राखेर ल्याएको प्रहरीले जनाएको छ।