फाइनल पुग्न न्युजिल्यान्डले भारतलाई दियो २४० रनको लक्ष्य

फाइनल पुग्न न्युजिल्यान्डले भारतलाई दियो २४० रनको लक्ष्य

आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत पहिलो सेमिफाइनलको खेलमा न्युजिल्यान्डले भारतलाई २४० रनको लक्ष्य दिएको छ।

म्यानचेस्टरमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरिरहेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाएर खेलिरहदा वर्षा भएको थियो। त्यसपछि बुधबारका लागि खेल स्थगित गरिएको थियो।

बुधबार ४६.१ ओभरबाट फेरि सुरु भएको खेलमा न्युजिल्यान्डले ५० ओभर खेल्दा ८ विकेट गुमाएर २३९ रन जोड्यो। न्युजिल्यान्डले बुधबार ३.१ ओभरमा २९ रन जोड्दा थप ३ विकेट गुमायो।

मंगलबार ६७ रन बनाएर खेलिरहेका रोश टेलर थप ७ रन जोड्दा रनआउट भए। उनले ७४ रन जोड्ने क्रममा ९० बलमा ३ चौका र १ छक्का हिर्काए।

मंगलबार टम लाथम ३ रन बनाएर खेलिरहेका थिए। उनी थप ३ रन जोडेर आउट हुने क्रममा १० रनमा आउट भए। मिचेल सान्टनरले नटआउट १० रन जोडे।

त्यसअघि ओपनर मार्टिन गुपटिल १ रनमै आउट भएका थिए। हेनरी निकोल्सले ५१ बलमा २७ रन ज । कप्तान केन विलियमसनले ९५ बलमा ६ चौकाको मद्दतमा ६७ रनको योगदान दिए।

जेम्स निसम १२ रन र कोलिन डे ग्रान्डहोम १६ रन जोडेर आउट भए।

भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए। पहिलो दिन १ विकेट लिएका भारतका भुवनेश्वरले बुधबार २ विकेट हात पारे।

बलिङमा भारतका चार बलरले १-१ विकेट लिए। जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र युजभेन्द्र चाहलले १-१ विकेट लिएका हुन्।