भगौडा सैनिकलाई जन्मकैदको फैसला

भगौडा सैनिकलाई जन्मकैदको फैसला

काठमाडौं । सर्वोच्च अदालतले द्वन्द्वकालमा नेपाली सेनाबाट भागेका सैनिकहरूलाई कारवाही गर्ने निर्णयलाई मान्यता दिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले मंगलबार द्वन्द्वकालमा भागेका पूर्वसैनिक झलकुमार भगत र सिंहबहादुर शाहीलाई कारवाही गर्न मान्यता दिएको फैसला गरेको हो। 

द्वन्द्वकालमा भागेका पूर्वसैनिकद्वय भगत र शाहीलाई समरिक जनरल सैनिक अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। सो फैसलाविरुद्ध भगत र शाहीले सैनिक विशेष अदालतमा पुनरावेदन दिएका थिए। सो अदालतले समरिक सैनिक अदालतकै फैसलालाई सदर गरेको थियो।

 उक्त फैसलाको चित्त नबुझेपछि पूर्वसैनिकद्वयले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए। सर्वोच्च अदालतको म्रगलबारको फैसलाले कारवाही गर्न मान्यता दिएको हो। द्वन्द्वकालमा सेनाबाट भागेर माओवादीमा प्रवेश गरेका दुवै जनालाई द्वन्द्व समाप्त भएपछि सेनाले कारवाही गरेको थियो।