अछाममा चिर्पटले हानेर ठूलोबुबा र ससुराको हत्या

अछाममा चिर्पटले हानेर ठूलोबुबा र ससुराको हत्या

अछाम : मंगलसेन नगरपालिकामा चिर्पटले हानेर दुईजना पुरुषको हत्या भएको छ। मंगलसेन नगरपालिका १ ढुङ्गानीका पिरमकुमार साउदले ठूलाबुवा देउसिङ साउद र ससुरा वीरभान थापाको हत्या गरेका हुन्।

 मंगलबार राति हत्या गरेलगत्तै पिरमकुमार फरार भएका छन्। जिल्ला प्रहरी प्रमुख डीएसपी जनक शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ। फरार साउदको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।