समाज कार्य अध्ययनरत बिद्यार्थीहरु द्धारा दृष्टि फाउन्डेशन लाई सहयोग

समाज कार्य अध्ययनरत बिद्यार्थीहरु द्धारा दृष्टि फाउन्डेशन लाई सहयोग

धनगढी : कैलाली बहुमुखी क्याम्पसमा समाज कार्य विषय प्रथम बर्षमा अध्ययरत विद्यार्थीहरुले दृष्टि फाउण्डेसनलाई सहयोग गरेका छन । दृष्टि फाउण्डेसनमा बसिरहेका असहायहरुका लागि राहात स्वरुप दुई कठ्ठा चामल र अन्य सामान हस्तान्तरण गरेका हुन ।

समाजको लागि केही गर्नु पर्छ भन्ने उद्धेश्यले समाज कार्य अध्ययन गरिरहेका बिद्यार्थीहरुले आफ्नो खाजा खर्च बचाएर संस्थालाई खाद्यान्न सहयोग गरेका हुन ।

उक्त संस्थालाई चामल, साबुन, विस्कुट, चाउचाउ, कुर्सी लगायतका समाग्री हस्तान्तरण गरेका हुन्। आगामी दिनहरुमा पनि सामाजिक कार्यमा निरन्तर रुपमा लागिरहने बिद्यार्थीहरुले बताएका छन ।