राजिपुरमा माइक्रोबसको ठक्कर बाट एकको ज्यान गयो

राजिपुरमा माइक्रोबसको ठक्कर बाट एकको ज्यान गयो

गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुर चोकमा माइक्रोबसले किच्दा सोही ठाउँकी ५० वर्षीय गौरी नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका इन्चार्ज विधुर चन्दले जानकारी दिए।

धनगढीबाट नेपालगञ्ज गइरहेको बा ५ ख ४०३१ नम्बरको माइक्रोबसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो।

माइक्रोबस र चालक राजु गिरी भने प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ। स्थानीयहरूले मृतक परिवारलाई क्षतिपूर्तिको माग सहित राजमार्ग अवरुद्ध गरेका छन्।