रमेश सिलवाल राखेपको सदस्य सचिव नियुक्त

धनगढी खबर    

रमेश सिलवाल राखेपको सदस्य सचिव नियुक्त

रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्त भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई सदस्य सचिव नियुक्त गरेका हुन् ।

केशवकुमार विष्टको कार्यकाल यही असार ९ गते सकिएपछि यो पद रिक्त रहेको थियो । यो पदका लागि निवर्तमान सदस्यसचिव विष्टसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइरालालगायत पनि दावेदार थिए ।

तत्कालीन एमालेको युवा संघको उपाध्यक्ष भइसकेका सिलवाल प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । गोल्डेन गेट कलेजका सञ्चालकसमेत रहेका सिलवाल मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष हुन् ।



सोमबार २३, असार २०७६ ०४:१४ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस