१४ वर्षीय किशोरी बलात्कृत, पक्राउ परेका अभियुक्त भन्छन् ‘मरी भनेर छाडे’

१४ वर्षीय किशोरी बलात्कृत, पक्राउ परेका अभियुक्त भन्छन् ‘मरी भनेर छाडे’

धनगढी : बालिका बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरिएको छ । 

कैलालीको घोडाघोडी नगरपालिका–६ बछुरियामा १३ गते राती बालिकालाई बलात्कार गरेको आरोप लागेका सोही ठाउका हर्कबहादुर कुँवरलाई पक्राउ गरि सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो । 

बालिका बलात्कार गरेको आरोप लागेदेखि नै फरार रहेका कुँवरलाई आईतवार साँझ प्रहरीले लम्कीचुहा नगरपालिकामा आफन्तको घरमा लुकिछिपि रहेको अवस्थामा पक्राउ गरेको थियो । 

‘घरमा कोही नभएको मौका छापी राती १० बजेको समयमा आरोपित कुँवर बालिकाको घरमा गएको पाईएको छ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले भन्नुभयो, ‘दोपट्टाले हात बाधेर मुखमा कपडा कोची बलात्कार गरेको र बालिका वेहोस भएपछि मृत्यु भयो भन्दै छोडेर गए देखिएको छ ।’

राति १ बजे होस् खुलेपछि बालिकाले आफ्नो बुवालाई घटनाबारे जानकारी गराएकी थिइन् । पत्रकार सम्मेलनमा घिमिरेले थप्नुभयोे, ‘कञ्चनपुरको महेन्द्रनगरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना जस्तै कैलालीको घोडाघोडी नगरपालिका ६ बछुरियामा हुनबाट बचेको छ ।’

घोडाघोडी नगरपालिका ६ की १४ वर्षिय बालिका आफ्नै सहपाठीका बुवा (नाताले फुपुका छोरा) बाट बलात्कृत भएकी हुन । 

बालिकाका आमाबुवा पहाड (अछाम) मा भएका बेला उनीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ । 
आमाबुबा पहाड र सुस्त मनस्थितिका बाजे मात्रै घरमा भएको मौका छोपी बलात्कार भएको प्रहरी उपरिक्षक घिमिरेले बताउनुभयो । 

‘बालिका बलात्कार गरेपछि मृत्यु भयो भन्दै पक्राउ परेको कुवर आफनै घरमा गएर सुतेको छ । अकौदिन मात्रै गाउबाट भागेको पाईएको छ ।’ उहाले भन्नुभयो । 

प्रहरीमा १५ गते उजुरी परे पनि मान्छे पहिचान भइसकेकोे हुँदा अनुसन्धानमा सहज भएको घिमिरेले बताउनुभयो । 

पक्राउ परेका कुवरलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ ’ख’ बमोजिम १४ वर्षदेखि १६ वर्षसम्म कैद र दफा २२८ बमोजिम मानसिव क्षतिपूर्तिको सजाए हुने प्रहरी उपरीक्षक घिमिरेले बताउनुभयो । 

घटनालाई गाउँघरमै मिलाउने प्रयास भएको सूचना पाएपछि जिल्ला प्रहरीले नै सो मुद्दा हेरिरहेको छ । हाल पीडित बालिकाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । बलात्कारका क्रममा बलात्कारीको दाँतले बालिकाको गालामा चोट समेत लागेको प्रहरीले जनाएको छ । 

उनलाई थप उपचार र मनोपरामर्शका लागि ओरेक नेपालको सेफ हाउसमा राखिएको छ ।