प्रस्तावित चार देशका राजदूतहरुको संसदीय सुनुवाई बीचैमा रोकिएको छ । राजदुतहरुको सुनुवाइका लागि सोमबार बिहान समितिको बैठक बोलाइएको थियो ।
सोमबार बिहानको बैठक केहीवेर बसेर स्थगित भएको हो । अर्को बैठक आजै ( सोमबार) दिउँसो ३ बजे बस्ने छ । पहिलो सुनुवाइमा राजदूतमा सिफारिसमध्य डा. बंशिधर मिश्रको आंशिक सुनुवाई भएको छ । राजदूतहरुविरुद्ध दुईवटा उजुरी परेको समितिले जनाएको छ ।
तर उजुरीकर्ता छलफलमा आउन नचाहेकाले समिति बैठकमा उजुरीउपर छलफल नगरिने समिति सभापति लक्ष्मणलाल कर्णले बताए । समितिले नाम अनुमोदन गरेपछि रुाजदुत नियुक्तिको बाटो खुल्नेछ ।
गत जेठ २३ गते सरकारले अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावाफुटी शेर्पालाई प्रस्ताव गरेको थियो ।