यू-१९ एसिया कप पूर्वी क्षेत्र छनोट : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

यू-१९ एसिया कप पूर्वी क्षेत्र छनोट : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

मलेसियामाथि ७ विकेटको जित हात पार्दै नेपाल एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

नेपालको सुरुवात भने राम्रो थिएन । ३० रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले अविजित ६० रनको साझेदारी गर्दै जित दिलाए ।

भीम ३३ र रोहित ३१ रनमा अविजित रहे ।यसअघि किनरारा ओभलमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४५.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो ।