सुदूरपश्‍चिममा गौरा पर्वको रौनक (फोटो )

सुदूरपश्‍चिममा गौरा पर्वको रौनक (फोटो )

धनगढी- प्रदेश नं ७ अर्थात साविकको सुदूरपश्‍चिममा गौरा पर्वको रौनकता छाएको छ।

शुक्रवार पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेपछि सुरु भएको गौरा पर्वको रौनकता यतिबेला प्रदेश ७ का गाउ गाउमा देख्‍न सकिन्छ।

यहाका विभिन्‍न मन्दिर तथा घरघरमा देउडा गीत गाएर रमाइलो गरिरहेको देख्‍न पाईन्छ।यसवर्षलाई दशै तिहार भन्दा पनि बढी महत्व दिएर सुदूरपश्‍चिम मेलीहरुले मनाईरहेका छन्।

यस पर्वमा विभिन्‍न धार्मिक तथा प्राचिन महत्वसँग जोडिएका धार्मिक गाथा, गीग, फाग, धमारी चाचरी, देउडा लगायातका गीत र गाथा गाउँनुका साथै भारी खेल खेलेर यस क्षेत्रका मानिसहरु गौरा मनाउदैछन्।

तराईका जिल्लाभन्दा प्रदेश ७ का पहाडी जिल्लामा गौरा बढी घुमधामका साथ मनाइन्छ। पहाडबाट मानिसहरु तराई झरेसगै गौरा पर्व पनि तराईका जिल्लामा मनाउन थालिएको हो।

सांगीतिक पर्वको रूपमा पनि चिनिने यो पर्व शिव र गौरी अर्थात् गौराको पूजा आराधनाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने मान्यता रहेको पाइन्छ।