पत्नीले सम्पर्क राख्न नमानेपछि हत्या, आफ्नै गुप्तांग पनि काटे

पत्नीले सम्पर्क राख्न नमानेपछि हत्या, आफ्नै गुप्तांग पनि काटे

भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगरमा शनिवार बिहान एक पतिले आफ्नी पत्नीको हत्या गरेका छन् । यौनकर्म गर्न नमानेपछि पतिले पत्नीको हत्या गरेको बताइएको छ । पत्नीहत्यापछि उनले आफ्नै लिंग पनि छिनाएका छन् । 

आरोपित पतिको उपचार गोरखपुरको राघवदास मेडिकल कलेजमा चलिरहेको छ । पीडित महिलाका पिताले उजुरी दिएपछि आरोपित अनवारुल हसविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । 

अनवारुल गुजरातको सूरतमा काम गर्छ । उसले एक वर्षअघि मेहनाजसँग विवाह गरेको थियो । दुई दिनअघि मात्र ऊ सूरतबाट आएको थियो । घटना हुँदा घरमा अनवारुल र मेहनाज मात्र थिए । 

छिमेकीहरूले हल्लाखल्ला सुनेपछि झ्यालबाट चिहाउँदा मेहनाज भुइँमा लडिरहेको र अनवारुल हसन रगतले लत्पतिएको देखे । उनीहरूले प्रहरीलाई यसको खबर गरे । अनवारुलाई प्रहरीले अस्पताल पठायो । मेहनाजको शव पोस्टमार्टमका लागि पठाइएको छ । 

अनवारुलले मेहनाजलाई दाइजोका लागि दुःख दिने गरेको पनि मेहनाजका पिताको भनाइ छ ।