अव एसपीएमै विआइएम र विएचएम, यसै शैक्षिक सत्रबाट अध्यापन शुरु गरिने

अव एसपीएमै विआइएम र विएचएम, यसै शैक्षिक सत्रबाट अध्यापन शुरु गरिने

धनगढी : प्रदेश नम्बर ७ मा पहिलो पटक त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहमा विआइएम र विएचएम विषयको पढाई यसै शैक्षिक सत्रबाट शुरु गरिने भएको छ ।  

प्रदेश राजधानी धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपिए) ले सो विषयका सम्बन्धन पाए सँगै  यसै शैक्षिक सत्रबाट कक्षा सञ्चालन गरिने भएको हो । पछिल्लो समय प्राविधिक विषयमा विद्यार्थीहरुको आर्कषण बढीरहेका बेला उक्त विषय क्याम्पसले पहिलो पटक यस प्रदेशमा भित्रयाएको हो । 

यो सँगै यी विषय पढ्न धनगढी बाहिर जानुपर्ने बाध्यता हटेको छ भने यस क्षेत्रको शिक्षा क्षेत्रमा समेत नयाँ थालनी भएको छ । 

राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा रोजगारीका थुपै सम्भावना रहेको यो विषयको अध्यापन धनगढीमै एसपीए मा शुरु भएसगै विध्यार्थी र अभिभावकमा आर्कषण र उत्साह थपिएको एसपीए का निर्देशक सुवाश शाहीले बताउनुभयोे । 

उहाँले यो विषयले विद्यार्थी र अभिभावक सगँसगै यससगँ सम्बन्धीत विभिन्न उद्योग तथा पर्यटन व्यवसायमा समेत ठुलो टेवा पुग्ने समेत विश्वास व्यक्त गर्नुभयो । 

यो विषयलाई व्यवस्थीत तथा प्रविधियुक्त र प्रयोगात्मक रुपमा अध्ययन तथा अध्यापन गराउन सम्पुर्ण पुर्वाधारहरु समेत तयार पारिएको क्यमम्पस व्यवस्थापनले जनाएको छ । 

विआइएम कस्तो विषय हो ?

ब्यवस्थापन र कम्प्युटर शिक्षा मिलाएर पढाइ हुने विषय हो बिआइएम । यो विषयमा ४० प्रतिशत ब्यवस्थापन र ६० प्रतिशत कम्प्युटर सफ्टवेयर पढाइ हुन्छ । 

‘सूचना प्रविधिको जमानामा विद्यार्थीलाई यसबाट विमुख गर्न सकिदैन,’ त्यसैले ब्यवस्थापनसगै कम्प्युटर विज्ञान पढ्न चाहनेहरुका लागि यो विषय निकै उपयोगी छ ।’ एसपिएमा निर्देशक सुवाश शाही बताउनुहुन्छ ।

बिविएजस्तै यो ४ वर्षे कोर्ष हो । यसलाई ६ महिनाको ८ सेमेस्टरमा बाडेर पढाइन्छ । यसले विद्यार्थीलाई विजनेश इन्फर्मेशन सिस्टम, त्यसको विष्लेषण, डाटा प्रोसेसिङ, नेटवर्क विस्तार, सफ्टवेयर निर्माणलगायतका ज्ञान दिन्छ् । ’ब्यवस्थापकलाई आबश्यक सफ्टवेयर निर्माण गर्न अर्को जनशक्ति खोज्नु नपरोस् भन्ने यो विषयको उद्देश्य हो,’ । 

त्रिभुवनविश्व विध्यालयको विआइएमको सम्बन्धन लिने सुदूरपश्चिमाञ्चल क्याम्पस प्रदेश ७ को पहिलो क्याम्पस हो । 

प्राक्टिकलमा आधारित कोर्ष भएकाले यो पढाइ अरु विषयभन्दा केही महंगो छ । विद्यार्थीले यो विषय पढिसकेपछि बजारमा जहासुकै काम पाउने कलेज संचालकको दावी छ । उनीहरुले आफ्नै ब्यवसायसमेत सुरु गर्न सक्छन् ।

विएचएम कस्तो कस्तो विषय हो ?

अध्ययनपछि सोझै रोजगार पाइने प्रयोगात्मक विषय हो होटल म्यानेजमेन्ट । यसबाट प्रमाणपत्र मात्र होइन, सीप पनि आर्जन हुन्छ । नेपालजस्तो पर्यटकीय सम्भावना बोकेको मुलुकका लागि उपयुक्त विषय पनि हो यो । यसमा पाककलादेखि अतिथि सत्कारसम्मको ज्ञान दिइन्छ ।

होटल म्यानेजमेन्टले नेपालमा मात्र नभएर विश्व बजारका लागि जनशक्ति उत्पादन गर्ने भएकाले पर्यटन व्यवसायसँग सम्बन्धित दक्ष जनशक्तिलाई सधैं रोजगारीको ढोका खुला रहने गर्दछ ।

होटल लगायतका सेवा व्यवस्थापनका लागि आवश्यक जनशक्ति उत्पादन गर्न होटल म्यानेजमेन्ट अध्ययन गर्नु अनिवार्य मानिन्छ ।

यसअन्तर्गत फुड प्रोडक्सन, हाउस किपिङ, हस्पिटालिटी म्यानेजमेन्ट, मार्के्टिङ, फ्रन्ट अफिस, सभिर्सजस्ता विषय पढ्नुपर्छ । यो विषय पढ्नेहरुले होटल, ट्राभल एजेन्सीजस्ता सेवाका कुनै पनि क्षेत्रमा काम गर्न सक्ने एसपीएका निर्देशक शाही बताउनुहुन्छ ।

त्यसो त नेपालमा मात्र होइन, विश्व रोजगार बजारमै यस्तो जनशक्ति खपत हुने गरेको छ  । अब्रोड स्टडीको तयारी गरिरहेका नेपाली विद्यार्थीहरुले विदेशमा काम गर्दै पढ्ने मानसिकता बनाउने गरेका छन् । यस्ता विद्यार्थीले पनि नेपालमै होटल म्यानेजमेन्ट अध्ययन गरेर जाँदा सहजै रोजगारी प्राप्त गर्न सकिन्छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत पहिलो पटक प्रदेश नम्बर ७ मा एसपिएले यो विषयको अध्यापन शुरुगर्न थालेको छ । बिएचएमको चारवर्षे कोर्समा आठ सेमेस्टर पढाइ हुने गरेको छ । दस जोड दुई वा प्रमाणपत्र तहको पढाइ पूरा गरेकाले बिएचएममा भर्ना पाउँछन् ।