ज्येष्ठ नागरिकहरुका लागी निशुल्क मधुमेह शिबिर सम्पन्न

ज्येष्ठ नागरिकहरुका लागी निशुल्क मधुमेह शिबिर सम्पन्न

धनगढी : गोदावरी नगरपालिका अत्तरियाको बनखेत स्थित सुदूरपश्चिमाञ्चल सामुदायीक अस्पतालले ज्येष्ठ नागरिकहरुका लागी निशुल्क मधुमेह शिबिर सम्पन्न गरेको छ ।

ज्येष्ठ नागरिकहरुमा मधुमेहको समस्या बढी देखिएको अवस्थालाई मध्यनजर गर्दै गोदावरी नगरपालिकाका ज्येष्ठ नागरिकहरुका लागी अस्पतालले निशुल्क शिबिर आयोजना गरेको हो । आज सम्पन्न १ दिने शिबिरमा २ सय भन्दा बढी ज्येष्ठ नागरिकले निशुल्क स्वास्थ्य सेवा लिएका छन् ।

घरबाट टाढा गएर जाँच गराउनु पर्ने तथा महंगो शुल्क तिर्न नसकेर बसेका ज्येष्ठ नागरिकहरुका लागी निशुल्क शिबिरको आयोजना गरेको अस्पतालका सञ्चालक आनन्द भट्टले जानकारी दिए । सेवामुखी भावनालेनै सामुदायीक अस्पताल शुचारु गरेको बताउँदै उनले यस्ता निशुल्क शिबिरहरुलाई निरन्तरता दिने जानकारी दिए ।

अस्पतालले निशुल्क शिबिर आयोजना गरेसंगै गोदावरी नगपालिकाका ज्येष्ठ नागरिकहरु खुशी भउका छन् । महंगो शुल्क तिर्न नसकेर मधुमेहको चेकजाँचनै गर्न नपाएका ज्येष्ठ नागरिकहरुले निशुल्क जाँच गर्न पाउँदा खुशी लागेको बताए ।

यस्ता कार्यक्रमले निरन्तरता पाए कुनैपनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुने ज्येष्ठ नागरिकहरु बताउँछन् । सुदूरपश्चिमाञ्चल सामुदायीक अस्पतालले ३० रुपयाँमै बिशेसज्ञ सेवा समेत दिदै आएको छ ।