घोडाघोडीकी एक बालिका बलात्कारको आरोप लागेका कुंवर पक्राउ, बलात्कार गर्न खोज्नेलाई गाउलेले नै प्रहरीलाई बुझाए

घोडाघोडीकी एक बालिका बलात्कारको आरोप लागेका कुंवर पक्राउ, बलात्कार गर्न खोज्नेलाई गाउलेले नै प्रहरीलाई बुझाए

धनगढी : कैलालिको घोडाघोडी नगरपालिका ६ बछुरियाकी १४ वर्षिया बालिकालाई बलात्कारको आरोप लागेका सोही ठाउका ३३ वर्षका हर्क कुवर पक्राउ परेका छन ।

१३ गते राती घरमा कोहि नभएको मौका छोपी आफनै साथीकी छोरीलाई बलात्कार गरेको आरोप लागेका कुवर सोही रातीदेखि नै फरार थिए ।

उनलाई आफन्तकोमा लुकिछिपि बसिरहेको अवस्थामा आईतवार साँझ लम्कीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । लम्कीमा पक्राउ परेका कुवरलाई धनगढी ल्याईएको छ । 

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका—६, जालीमा दुई बालिकालाई बलात्कार गर्न खोज्ने एक जना युवालाई गाउलेले नै पक्राउ गरि प्रहरीलाई बुझाएका छन ।

आईतवार दिउसो १३ र १४ वर्षकी बालिकालाई बलात्कार गर्न खोज्ने सोही गाउका २२ वर्षिय अनिल चौधरीलाई स्थानीयले पक्राउ गरेपछि प्रहरीलाई बोलाएका थिए । उनले घरमै नुहाईरहेकी दाजुभाईकी दुई छोरीलाई बलात्कारको प्रयास गरेका थिए ।

बालिकाका बुबाले उक्त कुराको जानकारी पाएपछि स्थानीयसगै प्रहरीलाई खवर गरेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय धनगढीका ईन्चार्ज प्रहरी निरिक्षक वकिलबहादुर सिंहको कमाण्डमा गएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

पक्राउ गरिएका चौधरीको अनुसन्धानका लागि ७ दिन म्याद थप गरिएको प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिनुभयो ।