सुदूरपश्चिममा चालू आर्थिक बर्षमा मानव बेचबिखन सम्बन्धी २८ उजुरी

सुदूरपश्चिममा चालू आर्थिक बर्षमा मानव बेचबिखन सम्बन्धी २८ उजुरी

धनगढी : सुदूरपश्चिम प्रदेशमा मानव बेचविखनका घटना न्युनिकरण हुनसकेको छ्रैन् । संघिय प्रहरी इकाई कार्यालय धनगढीको तथ्याङ्क अनुसार पछिल्लो ४ बर्षमा १ सय १८ मानव बेचविखन सम्वन्धी मुद्धा दर्ता भएको छ । चालु आर्थिक बर्षको चैत्र मशान्त सम्म मात्र २८ उजुरी परेका छन् ।

समाजिक बिकास मन्त्रालयको आयोजना आज धनगढीमा भएको मानव बेचविखन तथा ओसार पसार न्युनिकरण सम्वन्धी जनप्रतिनिधीहरुसँगको भेलामामा तथ्याङ्क प्रस्तुत गरिएको छ । खुल्ला सिमानाका,गरिवी र जनचेतना अभावका कारण बेचविखनका घटना न्युनिकरण हुन सकेको छैन् ।

न्युनिकरणका विभिन्न प्रयास थालिदा पनी सुदूरपश्चिम प्रदेशमा मानव बेचविखनका घटनामा कमि आउन सकेको छैन् । संघिय प्रहरी कार्यालय धनगढीको तथ्याङ्क अनुसार पछिल्लो ४ बर्षमा १ सय १८ मानव बेचविखन सम्वन्धी मुद्धा दर्ता भएको छ । चालु आर्थिक बर्षको चैत्र मशान्त सम्म मात्र २८ उजुरी परेका छन् ।

यद्यपी आधिकारीक तथ्याङ्क भने कुनै पनी निकाय सँग नभएको स्वतन्त्रता अभियान नेपाल धनगढी कार्यालय प्रमुख रितु भट्ट राईले बताउनुभयो । बेरोजगारी, अशिक्षा, प्रलोभन, खुल्ला सिमाना र गरिबी जस्ता कारण मानिस बेचबिखन तथा ओसार पसारमा पर्ने गरेका छन् । के कतिको संख्यामा नेपाली भारतमा काम गर्छन त्यसको तथ्याङ्क पनी कुनै निकाय सँग छैन् ।

जसका कारण भारतबाटै पनी बेचविखनमा पर्ने गरेका छन् । प्रदेश र स्थानिय स्तरमा कानुन नवनाए सम्म घटना नरोकीने सरोकार वालाहरुको भनाई छ । मानव बेचखिनका न्युनिकरण सम्वन्धी भएका सरकारी पहल प्रभावकारी नवनेको सरकारकै कर्मचारीहरु स्वीकार गर्छन् ।