अत्तरियामा उद्योग वाणज्य संघद्वारा एक घण्टा चक्काजाम

अत्तरियामा उद्योग वाणज्य संघद्वारा एक घण्टा चक्काजाम

धनगढी – बुधबार पत्रकार सम्मेलन स्थलबाट अध्यक्ष पक्राउ परेपछि अत्तरिया उद्योग बाणिज्य संघका पदाधिकारी सहित थप पाँच जनाले बिहीबार प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । अत्तरिया उद्योग बाणिज्य संघका सचिव शंकर खड्का, सदस्य रबिन्द्र खनाल ,व्यबसायीहरु रमेश बोगटी, मोहन पाठक र केशब न्यौन्यालले आज बिहान जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन् ।

गोदावरी नगरपालिकाको तेस्रो नगर सभार्बठकको उद्घाटन सत्रमा बोल्न नदिएको भन्दै उद्योग वाणज्य संघका पदाधिकारीहरुले सभास्थलमा तोडफेड गरेका थिए । त्यसपछि कार्यक्रमलाई अबरोध पुर्यायएको भन्दै अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा सहित ८ जनाका बिरुद्ध सार्वजनिक हित बिरुद्धको कसुर अन्तरगत गोदावरी नगरपालिकाले मुदा दर्ता गरेको थियो । मुद्धा परेपछि प्रहरी प्रशासनले ८ जनाकै खोजी गरिरहेको थियो ।

यसैबीच ब्यवसायीहरुले अत्तरिया बजारमा उद्योग वाणिज्य संघका पदाधिकारी पक्राउको विरेध गर्दै एक घण्टा यातायात बन्द गराएका छन् । उनीहरुले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।