“सुवा काँ भागिग्या” वोलको ठाडिभाका सहित दश बर्ष पछी डिक्रा बादी सांगीतिक क्षेत्रमा

“सुवा काँ भागिग्या” वोलको ठाडिभाका सहित दश बर्ष पछी  डिक्रा बादी सांगीतिक क्षेत्रमा

धनगढी : सांगितिक क्षेत्रबाट ओझेलमा परेकी सुदूरपश्चिमकी श्रष्टा लोक गायिका डिक्रा देवी बादीको १० बर्ष पछी सुवा काँ भागिग्या वोलको ठाडिभाका सार्वजनिक भएको छ । आज धनगढीमा गायिका डिग्रा देवी बादीलाई सम्मान सँगै उनको गिति एल्वम सुवा काँ भागिग्या बिमोचन गरिएको हो ।

आर्थिक अभावकै कारण गायन क्षेत्रबाट ओझेलमा परेकी डिग्रा देवीलाई अनमोल क्रियटिभ मिडिया काठमान्डौले सहयोग गरेको छ । एकल गिति एल्वमको आज धनगढीमा सुदूरपश्चिमका समाजिक बिकासमन्त्री कृष्णराज सुवेधीले बिमोचन गरेका हुन् ।

सांगितिक क्षेत्रबाट हराएको करिव १० बर्ष पछी लोकगायिका डिक्रादेवी वादी पून सागितिक क्षेत्रमा फर्किनु भएको छ । बुधवार धनगढीमा उहाको  गिति एल्वम सुवा काँ भागिग्या बिमोचन भएको हो । कञ्चनपुरको कृष्णपुर नगरपालीकामा बसोवास रहेकी लोक गायिका डीक्रा वादी आर्थिक अभाव र जातिय विभेदका कारण गायनलाई विर्सिएर केही समय पहिले भारत  पलायन भएकी थिइन ।

घरमा एक छाक खानलाउन समस्या भइरहको बेलामा फेरी गायन क्षेत्रमा फर्किन्छु भन्ने कहिले नसोचेको अनभूति उहाँको अनुभुति छ । तर अनमोल क्रियटिभ मिडियाको सहयोगमा १० बर्ष पछी बजारमा गित ल्याउन पाउदा निकै खुसी भएको उहाँले बताउनुभयो ।

सांगितिक क्षेत्रको बिकासका लागी सरकारी क्षेत्रबाट कुनै पहल नहुँदा धेरै श्रष्टाहरु पलायन भएको सुदूरपश्चिमका श्रष्टाहरुले गुनासो गरेका छन् ।  सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले लोकगायिका डिग्रादेवी वादी जस्ता श्रष्टालाई ओझेलमा पारे सुदूरपश्चिमको अस्तीत्व नरहने बताउनुभयो ।

बिमोचन समारोहमा कञ्चनपुरको कृष्णपुर नगरपालीका प्रमुख कर्ण हमालले सुदुरकी पहिचान लोक देउडा गायिका डिग्रा देवी वादीको सहयोगको लागी कृष्णपुर नगरपालीको तर्फबाट ५१ हजार सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो । १० बर्ष पछी गायन क्षेत्रका फर्किएकी लोकगायिका डिक्रादेवी वादीको गिति एल्वम बिमोचन गर्दै सुदूरपश्चिम प्रदेशका समाजिक बिकास मन्त्री कृष्णराज सुवेधीले गायीका वादीलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

३ हजार बढी गितहरुमा स्वर मिसाइसकेकी गायिका वादी आर्थिक अभाव र जातिय विभेदका कारण गायन क्षेत्रबाट बिश्राम लिएको बताउनुभयो । अनमोल क्रियटिभ मिडिया काठमान्डौको सहयोगले गिति एल्वम सुवा काँ भागिग्या बजारमा ल्याउन गायिका वादी सफल भएकी छन । यो गितमा गायिका डिक्रादेवीको जिवनको दुःख र सुदूरपश्चिम क्षेत्रका समस्याहरु समेटिएको छ ।

गितमा शव्द लय र संगित केएन अनमोलको छ । यसरी नै सबैको साथ सहयोग मिले निरन्तर सांगितिक क्षेत्रमै रहने गायिका वादीले बताउनुभयो ।