असार ११ गते मृत्यु भएकी दुर्गाको सेती अस्पतालका डाक्टरको लापर्वाहीले मृत्यु भएको आफन्तको आरोप

असार ११ गते मृत्यु भएकी दुर्गाको सेती अस्पतालका डाक्टरको लापर्वाहीले मृत्यु भएको आफन्तको आरोप

धनगढी : सेति अस्पतालमा चालु आर्थिक बर्षको  हाल सम्म प्रसुती हुन आएका ५ महिलाको ज्यान गएको छ भने ८४ नवजात शिशुको मृत्यु भएको छ । सुरक्षित तरिकाले प्रसुती सेवा लिन अस्पताल पुगेका महिलाहरुको अस्पतालको शैयामै ज्यान जान थालेपछी सर्वसाधारण त्रसित वनेका छन् ।

असार ८ गते प्रसुती सेवाको लागी सेति अस्पताल भर्ना भएकी धनगढी उपमहानगरपालीका २ की दुर्गा जोशी भट्टको असार १२ गते ज्यान गएको छ । डाक्टरको लापरवाहीका कारण दुर्गाको ज्यान गएको आफन्तले आरोप लगाएका छन । असार ८ गते प्रसुती सेवाको लागी सेति अस्पताल भर्ना भएकी धनगढी उपमहानगरपालिका २ की दुर्गा जोशी भट्टको असार १२ गते ज्यान गएको छ ।

बच्चा जन्मिनु पूर्व रक्तस्राव हुन थालेपछि आमा र बच्चाको ज्यान जोखिममा रहेको भन्दै अस्पतालका शल्यक्रिया गरी बच्चा जन्माइएको र ततपश्चात सामान्य अवस्थामा रहेकी दुर्गाको अचानक टाउको दुख्न थालेको र अस्पतालका स्वास्थ्यकर्मीले त्यसलाई सामान्य रुपमा लिएकोले उनको ज्यान गएको आफन्तहरुले आरोप लगाएका छन् ।

दुर्गाको मृत्यु दिमागमा रगत जमेको र समयमा उपचार नपाएका कारण भएको आफन्तको भनाई छ । टाउको दुखेको बारे अस्पतालका नर्सिङ स्टाफलाई जानकारी गराउँदा उनीहरुले शल्यक्रिया गर्दा प्रयोग गरिएको सु्ईको कारण दुखेको र बिस्तारै ठीक हुने भनि वास्ता नगरेको पीडित आफन्तले बताएका छन् । मृतक दुर्गाका बुवा ताराप्रसाद जोशीले बेशोस भएपछि मात्रै आफ्नो छोरीलाई आइसियुमा राखिएको र आफुहरुले दवाव नदिदाँसम्म सिटी स्क्यान नगरिदिएको आरोप लगाृनुभयो ।

उहाँले सिटी स्क्यानको रिपोर्ट आएपछि अन्यत्र रिफर गरिएको र त्यतिबेला सम्म निकै ढिलो भएका कारण आफ्नी छोरीको ज्यान गएको बताउनुभयो । उपचारका लागि काठमाण्डौं लैजाने प्रयास असफल भएपछि दुर्गालाई उपचारका लागि आफन्तहरुले भारतको बरेली स्थित राममुर्ती मेडिकल कलेज पु¥याएपनि त्यहाँका डाक्टरले निकै ढिलो भएका कारण बिरामी बचाउन नसकिने बताएको जोशीले बताउनुभयो ।

बरेलीबाट फिर्ता ल्याइएकी दुर्गााको आसार १२ गते महाकाली अस्पतालमा मृत्यु भएको हो । डाक्टरको लापरवाहीले गर्दा नै आफ्नो छोरीको ज्यान गएको मृतकका बुवा तारा प्रसाद जोशीले बताउनुभयो । दोषी उपर कारवाही र क्षतिपूति उपलब्ध नभए वडा नम्बर २ बासी कडा संर्घषमा उत्रिने चेतावनी समेत उहाँले दिनु भएको छ ।

उपचारमा संलग्न डाक्टरको चरम लापरवाहीका कारण दुर्गाको ज्यान गएको भन्दै उनीहरुले सामाजिक बिकास मन्त्रालय र सेती अस्पतालमा ज्ञापन पत्र बुझाएका छन् । दोषी उपर कारवाही र पिडीत परिवारलाई क्षतिपूर्तीको माग उनीहरुले गरेका छन । ज्ञापन पत्र सहित अस्पतालको प्रशासनमा पुगेका पिडित पक्षको ज्ञापन पत्र बुझ्दै सेती अस्पतालका मेडिकल सुपरिटेन्ड डा. हेमराज पाण्डेले दोषी माथि कारवाही गरिने प्रतिवद्धता जनाउनु भयो ।

सुदूरपश्चिम प्रदेश समाजिक बिकास मन्त्री कृष्णराज सुवेदीले अस्पतालमा चरम लापरवाही बढेकाले उच्च निगरानीमा राखिएको बताउनुभयो । अस्पतालको अनुगमन गरी दोषी उपर कडा कारवाही गरीने मन्त्री सुवेदीले बताउनुभयो ।

नियमनकारी निकाय मुकर्दशक बन्दा दिन प्रतिदिन अस्पतालमा लापरवाही बढीरहेको छ जसका कारण बिरामीहरु अस्पतालको शैयामा ज्यान गुमाउन बाध्य भएको छन् । त्यसैले यसतर्फ  सरकारको ध्यान जान आवश्यक छ ।