सामाजिक काममा सक्रिय भण्डारीले आमाको माया छात्रबासमा बनाए आफ्नो जन्मदिन

सामाजिक काममा सक्रिय भण्डारीले आमाको माया छात्रबासमा बनाए आफ्नो जन्मदिन

धनगढी : पछिल्लो समय सामाजिक काममा सक्रिय धनगढीका एक युवाले आफ्नो जन्म दिनको अवसरमा आमाको माया छात्रावासमा रहेका ३५ जना छात्रहरुलाई शैक्षिक सामाग्री तथा फलफुल बितरण गरेका छन ।

आफुले समाजको लागि केही गर्नु पर्छ भन्ने उद्धेश्यले पछिल्लो समय सामाजिक काममा सक्रिय घनश्याम भण्डारीले आमाको माया छात्रबासका असहायहरु सँग आइतबार आफ्नो जन्मदिन मनाएका हुन । उनले ३५ जनालाई दुई÷दुईका दरले ७०÷७० थान कापी, कलम, पेन्सिन,कटर इरेजर र फलफुल वितरण गरेका हुन् ।

सामाजिक सञ्जालमा धनगढी ग्यालरी गु्रप सञ्चालनमा ल्याउदै भण्डारी सामाजिक काममा आजभोली सक्रिय रुपमा लागि रहेका छन । कुनै व्यक्ति रगतको अभाबमा समस्यामा परेको छ भन्ने खबर पाउने बित्तिकै भण्डारी आफै अस्पतालमा पुगेर रगतको समेत व्यवस्था मिलाउने काममा लागीरहेका छन । कुनै पनि मानिसले रगतको अभाबमा ज्यान गुमाउन नपरोस भन्ने उनको भनाइ छ ।