रोटरी क्लब अफ धनगढीद्धारा हावाहुरी पीडितका ४२ घर पुननिर्माण

रोटरी क्लब अफ धनगढीद्धारा हावाहुरी पीडितका ४२ घर पुननिर्माण

धनगढी : रोटरी क्लब अफ धनगढीले कैलालीमा हावाहुरी पीडितका ४२ घर पुुननिर्माण गरेको छ । जेठ २३ गते कैलाली र कञ्चनपुरमा आएको आधीहुरीले हजारौ घरमा क्षेती पु¥याएको थियो । सोमवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबले २ साताको अवधिमा १० लाख खर्च गरी ४२ घर पुनर्निर्माण गरेको जानकारी दिएको छ ।

रोटरी क्लब अफ धनगढीका निवर्तमान अध्यक्ष पुष्करराज ओझाले जेठ २३ गते आएको भीषण हावाहुरीबाट विस्थापित पीडितहरूको सहयोगार्थ अभियान चलाएर ४२ घर पुननिर्माण गर्न सफल भएको बताउनुभयो । हावाहुरीले पूर्णरुपमा प्रभावित धनगढी उपमहानगरपालिका भित्र र कैलारी गाँउपालीकामा गरी जम्मा ४२ घर पुनर्निर्माण गरिएको उहाँले बताउनुभयो ।

हावाहुरीले क्षति पु¥याएका ३ घरमा खाद्यान्न र राहत सामाग्री र जिल्ला दैवी प्रकोप उद्धार समितिलाई ४० हजार बराबरको विपतको समयमा काम लाग्ने औजारहरू समेत वितरण गरेको उहाँले जानकारी दिनु भएको छ ।

धनगढी उपमहानगरपालिकाको समन्वयमा सुरु गरेको अभियानमा रोटरी कल्व अफ कोगराह अस्ट्रेलियाले चार लाख, सुदूरपश्चिम समाज अमेरिकाले २ लाख १९ हजार, सुदूरपश्चिम समाज पोर्चुगलले १ लाख ४० हजार र अमेरिकामा रहेका प्रा.डा. तुलसीराम जोशीले ३० हजार आर्थिक सहयोग गरेको ओझाले बताउनुभयो ।

साथै आफ्नो यो अभियानमा साथ र सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई समेत उक्त क्लबले धन्यबाद ज्ञापन गरेको छ ।