‘प्रेम गीत ३’ छानिएकी क्रिस्टिना कस्ती छिन् ? (फोटोफिचर)

‘प्रेम गीत ३’ छानिएकी क्रिस्टिना कस्ती छिन् ? (फोटोफिचर)

चलचित्र ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्रीमा क्रिस्टिना गुरुङलाई छनौट भएकी छिन् । अडिसन दिन अमेरिकावाट नेपाल आएकी क्रिष्टिनाले २७ सय १४ जना प्रतिस्पर्धीलाई उछिन्दै चलचित्रमा काम गर्ने अवसर पाएकी हुन् । २७ सय १४ जनाबाट उत्कृष्ट २५ र त्यसपछि टप ५ छानिएको थियो ।

आशुसेन फिल्म्सका निर्देशकद्धय छेतेन गुरुङ र सन्तोष सेनले आइतवार क्रिस्टिना फिल्मका लागि छानिएको घोषणा गरे । ‘हामिहरुका लागि सबै उत्कृष्ट हुनुहुन्थ्यो, क्रिस्टनालाई गीत पात्रका लागि छानेका छौं ।’ निर्माता सन्तोष सेनले भने ।

निर्माण टिमले दिएको जानकारी अनुसार शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मी यो चलचित्रका लागी फाइनल भएका छन् ।