बलात्कारको आरोप लागेका एक पक्राउ, दुई जना अझै फरार

बलात्कारको आरोप लागेका एक पक्राउ, दुई जना अझै फरार

धनगढी : कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ की १६ वर्षकी किशोरी बलात्कारमा सग्लनको आरोपमा एक जना पक्राउ परेका छन भने अर्का एक जना फरार छन । 

विहिवार राति किशोरीको घरमा राति पूजाको कार्यक्रम रहेकोका बेला सडकमा बोलाएर गाउ नजिकैको जङगलमा लगेर बलात्कार गर्ने सोही ठाउका भानु विष्टलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक कृष्ण ओझाले जानकारी दिनुभयो । 

विष्टलाई सोही ठाउबाट प्रहरीले पक्राउ गरेको हो । बलात्कारमा सग्लनको आरोप लागेका एक अर्का युवक भने फरार रहेको कञ्चनपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक ओझाले जानकारी दिनुभएको छ । 

यस्तै, कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ६ बछुरियामा १४ वर्षकी बालिकालाई बलात्कार गरेको आरोप लागेका व्यक्ति अझै पक्राउ पर्न सकेका छैनन । 

आमाबुबा पहाड गएका बेला बाजेसगै बस्दै आएकी किशोरीलाई १३ गते राती बलात्कार गरेको आरोप लागेका सोही ठाउका हर्क कुवरलाई प्रहरीले अझै पक्राउ गर्न नसकेको हो । 

शुक्रवार साँझ पिडित परिवारले उजुरी दिएलगत्तै खोजी कार्य जारी राखेको भएपनि अझै फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी निरिक्षक यक्षराज जोशीले जानकारी दिनुभयो । 

उहाँले आरोपित कुवरलाई खोजी गर्नका लागि एक टोली परिचालन गरिएको बताउनुभयो । उक्त घटना भएदेखि नै आरोपी हर्क कुवर परिवारको सम्पर्कमा पनि नरहेको पाईएको छ ।  बलात्कृत बालिकाको चेकजाच गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।