अषाढ १३ र १४ गते उद्योग बाणिज्य सघको हलमा रोजगार मेलाको आयोजना हुने

अषाढ १३ र १४ गते उद्योग बाणिज्य सघको हलमा रोजगार मेलाको आयोजना हुने

धनगढी : धनगढीमा  रोजगार मेलाको आयोजना हुने भएको छ । सीप, श्रम, मर्या्दित, रोजगारि, सबैको अधिकार सबैको जिम्मेवारी भन्ने मुल नाराका साथ सामाजिक बिकास मन्त्रालय र कैलाली उद्योग बाणिज्य सघको आयोजनामा मेलाको आयोजना हुन लागेको हो ।

अषाढ १३ र १४ गते उद्योग बाणिज्य सघको हलमा आयोजना हुने मेलामा रोजगारदाता, तालिम प्रदायक सस्थाहरु, स्वास्थ्य सस्था, होटल ब्यबसायि,श्रमिक आपुर्तिकर्ता र बेरोजगार युवाहरुको सहभागिता रहने सघका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिनुभयो ।

मेलामा रोजगारदाताका ७, तालिम प्रदायक सस्थाबाट २, स्वास्थ्य सस्थाबाट २, श्रमिक आपुर्तिकर्ता २ गरि १७ वटा स्टल रहने सघका बरिष्ट उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिनुभयो । उहाँले मेलामा १ हजार भन्दा बढि बेरोजगार युवा लगायत विभिन्न क्षेत्रबाट सहभागिता रहने बताउनुभयो । मेलाको उद्घाटन सामाजिक बिकास मन्त्रि कृष्णराज सुबेदीले गर्ने आयोजकले जानकारी दिएको छ ।