मेयर र प्रमुख प्रशसकीय अधिकृत वीचको विवादले नगर सभा प्रभावित

मेयरले जे पनि गर्न सकिने भन्दै धम्काएपछि प्रमुख प्रशासकीय अधिकृतले कार्यालय छोडे

खवर संवाददाता    

मेयर र प्रमुख प्रशसकीय अधिकृत वीचको विवादले नगर सभा प्रभावित

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले नगर सभा प्रभावित भएको छ । नगर प्रमुख कर्ण बहादुर हमाल र प्रमुख प्रशासकीय अधिकृत सिद्धराज जोशी वीच विवाद भएपछि नगर सभा प्रभावित भएको छ ।

बैशाख देखि नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत जोशीलाई नगर प्रमुख हमालले २०७५ साउनका विल समेत पछ्र्याैट गर्न भनेपछि जोशीले नमान्दा दुवैबीच विवाद भएको बुझिएको छ । गत बर्षको साउन महिनामा महेन्द्रनगरको एक पेट्रोल पम्पको एक लाख रुपैयाको विलको भुक्तानी दिन नगर प्रमुख हमालले दवाव दिएको र प्रमुख प्रशासकीय अधिकृत जोशीले साउन देखि हाल सम्म भुक्तानी नहुनुको कारण सोधेपछि दुबैवीच यही विषयमा विवाद भएको हो । समाचार स्रोतका अनुसार मेयर कप फुटबल प्रतियोगिता चलिरहेको बेला मेयर र कार्यालय प्रमुख वीच भएको विवादले नगर सभा प्रभावित भएको छ । 

मेयर हमालले “कृष्णपुर हो, जे पनि गर्न सकिन्छ” भन्दै कार्यालय प्रमुख जोशीलाई धम्की दिएपछि काम गर्ने वातावरण नभएको भन्दै जोशी प्रदेश राजधानी धनगढी गएर बस्नुभएको जानकारी पाएको वडा नम्बर ४ का अध्यक्ष तेज रावलले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत जोशीले इन्धनको विलमा मात्र नभई कानूनले दिएको अधिकार भन्दा बाहिर गएर गरिने निर्णयमा सही गर्न नमाने पनि आफुलाई धम्की दिइएको बताउनुभयो ।

नगरपालिका भन्दाबाहिर जानुपर्दा भ्रमण भत्ताका लागि छुट्ट्याएको १५ लाख रुपैया आफु हाजिर हुनुभन्दा पहिले नै सकेर त्यो शिर्षकमा थप १० लाख रुपैया र जलपानका लागि छुट्ट्याइएको १० लाख सकेर थप १० लाख रुपैया रकमान्तर गर्न आफुलाई मेयर हमालले दवाव दिएको र आफुले नमानेपछि मेयरले त्यह बेला देखि नै आफुप्रति नकारात्मक दृष्टिकोण राखेको उहाँले बताउनुभयो ।

नियम अनुसार विकास खर्चमा २५ प्रतिशत र अन्य खर्चमा १० प्रतिशत मात्रै रकमान्तर गर्न पाइन्छ ।प्रमुख प्रशासकीय अधिकृतलाई धम्की दिएको विषयमा जानकारी लिन खोज्दा मेयर हमालको टेलिफोनमा दिनभरी सम्पर्क हुन सकेन ।  
 



बिहिबार १२, असार २०७६ ०५:४३ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस