प्रदेश सभामा प्रतिपक्षीको नारावाजी

प्रदेश सभामा प्रतिपक्षीको नारावाजी

तीन पटक स्थगित भएर शुरु भएको प्रदेश सभाको बैठक प्रतिपक्षी सासंदहरुले रोष्ट्रम अगाडि नारावाजी गरेपछि स्थगित बिहीबार पनि भएको छ । 
बजेट पारदर्शी नभएको भन्दै विरोध गरिरहेका प्रतिपक्षी सांसदहरुसित सदन चलाउन सरकारले बुधबार गरेको छलफल निष्कर्षबिहीन भएपछि सभामुख अर्जुन बहादुर थापाले बिहीबार ३ वजेका लागि बैठक राख्नुभएको थियो । सभाको बैठक शुरु भएके सभामुख थापाले जानकारी गराउना साथ प्रतिपक्षी सांसदहरुले जुरुक्क उठ्दै रोष्ट्रम अगाडि पुगेर नारावाजी गरेपछि सभामुखले आइबार दिउँसो ३ वजे सम्ममा लागि प्रदेश सभाको बैठक स्थगित गर्नुभयो । सरकारले प्रस्तुत गरेको बजेटमा असहमति राख्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीसित बजेटका बिषयमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बुधबार गरेको छलफल निष्कर्षबिहीन भएको थियो । प्रतिपक्षी दलका तर्फबाट वार्ताको नेतृत्व गरेका सांसद कर्ण बहादुर मल्लले आपुहरुले उठाएका एजेण्डामा सरकार गम्भीर नभएका कारण छलफल निष्कर्षमा पुग्न नसकेको बताउनुभयो । 
आर्थिक ममिला तथा योजना मन्त्री झपट बहादुर बोहराले आइतबार सदनको बैठक राखिएको आइतबार सम्म प्रतिपक्षीहरुसित सहमति हुने विश्वास ब्यक्त गर्नुभयो ।