लोकस्टार आज बेलुकादेखि प्रशारण हुने

लोकस्टार आज बेलुकादेखि प्रशारण हुने

एपीवान टेलिभिजनबाट प्रसारण हुन लागेको लोक गायन रियालिटी सो ‘नेपाल लोकस्टार’को आज साँझबाट प्रशारण हुने भएको छ । आफ्नै युट्युब लोकस्टार युट्युब च्यानलवाट पनि सोही समयमा लाइभ प्रशारण हुने कार्यक्रम संयोजक सहदेव कोइरालाले जानकारी दिए । अबदेखी प्रत्येक बिहीवार र शुक्रवार बेलुका ८ः३० बजे एपीवान एचडी र रमाईलो एचडीवाट प्रशारण हुने भएको छ ।

नेपालको सबै भन्दा ठूलो मौलिक रियालिटी शो भनिएको उक्त कार्यक्रममा सात प्रदेशमा भएको अडिसनबाट ३ सय ६३ जना प्रतिस्पर्धी मेगा अडिसनका लागि छनोट भएका थिए भने मेगा अडिसनबाट ९० जना प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धाका लागि छानिएका थिए । यिनै प्रतियोगी पहिलो लोकस्टारको उपाधिका लागि भिडन्त हुने कार्यक्रम संयोजक सहदेव कोइरालाले बताए ।

लोकसंगीतको विकास र प्रवद्र्धनमा लागेको चाहना मिडियाले कार्यक्रमको आयोजना गरेको हो । मुलुकका विभिन्न भागमा सुनिने गाईने लोकसंगीतलाई लोकस्टारमा समावेश गरिने आयोजकको योजना रहेको छ । । ३० वटा शृंखला प्रसारण हुने कार्यक्रममा एकतीसौँ शृंखला अन्तिम हुनेछ ।

प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ट ५० सम्म निर्णायकको हातमा रहनेछ । उत्कृष्ट ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा आधारित रहने आयोजक संस्थाले जनाएको छ । ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा आधारित हुनेछ ।

उत्कृष्ट २० बाट १० सम्म ५० प्रतिशत निर्णायक र ५० दर्शकको भोटिङमा आधारित हुनेछ । उत्कृष्ट १० बाट फाइनलसम्म दर्शकको भोटको आधारमा लोकस्टारको छनोट हुने निर्णायक मध्येकी गायिका सुनिता दुलालले बताइन् ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः ५० लाख, २५ लाख र १० लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिताको निर्णायकमा जयनन्द लामा, बीबी अनुरागी, रामजी खाँण र सुनीता दुलाल रहेका छन् ।