कैलालीमा १४ बर्षिय बालिका बलात्कृत, बलात्कारीको खोजी हुदै

कैलालीमा १४ बर्षिय बालिका बलात्कृत, बलात्कारीको खोजी हुदै

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ६ बछुरियामा ३३ वर्षका पुरुषले १४ वर्षकी बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । 

आमाबुबा पहाड गएका बेला बाजेसगै बस्दै आएकी किशोरीलाई १३ गते राती १० बजे सोही ठाउका हर्क कुवरले बलात्कार गरेका हुन । 

पिडित किशोरीका परिवारले शुक्रवार साझ मात्रै ईलाका प्रहरी कार्यालय सुख्खडमा उजुरी दिएका छन । 

‘घटना १३ गते भएकोे रहेछ । शुक्रवार साझ ६ बजेतिर मात्रै हामी कहाँ उजुरी आएको हो ।’ इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी निरिक्षक यक्षराज जोशीले भने, ‘उजुरी आए लगत्तै बलात्कारको आरोप लागेका हर्क कुवरको खोजी गर्न लागेका छौ । अहिले टोली पनि घटना भएको स्थान बछुरियामा छ ।’

उनले बलात्कृत बालिकालाई चेकजाच र उपचारका लागि टीकापुर अस्पतालमा लगिएको बताए ।

विहिवार राती मात्रै कञ्चनपुरको वेल्डाडीमा एक युवतीको सामुहिक बलात्कार भएको थियो ।