धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ

धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ

धनगढी । धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका -१७ पथरीका २७ वर्षीय बिनोद चौधरी २७० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। 

धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँका २५ वर्षीय उमेश राना र १९ वर्षीय रुस्तम राना ५० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। 

यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।