महाकाली नदीको बहाव बढेपछि टापुमा फसेका मजदुर फर्किए

महाकाली नदीको बहाव बढेपछि टापुमा फसेका मजदुर फर्किए

धनगढी । कञ्चनपुरको महाकाली नदीमा ट्र्याक्टरसहित थनिएका मजदुर  फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक डिएसपी उमेश जोशीले अहिले पानीको बहाव घटेपछि मजदुरहरु फकिएको बताए । 

‘नदीको बहाव बढेपछि नदीजन्य पदार्थ संकलन लागि गएका १४ ट्र्याक्टरसहित करिब २८–३० जना मजदुर थुनिएका थिए ' डिएसपी जोशीले भने– अहिले सबै फर्किन लागि सक्नु भयो ।’  

बुधबार साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेकाहरु फसेका थिए । त्यहाँ पनि उनीहरु सुरक्षित छन् भन्ने खबर प्राप्त भएको उनले बताए ।

फसेकाहरु राती उतै बसेपनि बिहान पानीको बहाव कम भएसंगै फकिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।