मधुमेहमा यसरी खानुहोस् किसमिस

मधुमेहमा यसरी खानुहोस् किसमिस

एजेन्सी । मधुमेह अर्थात सुगरको समस्या भएका व्यक्तिले खानपानमा एकदमै सोचविचार गर्नुपर्ने हुन्छ । यस्तोमा कतिपयले सोच्ने गर्छन्, के मधुमेहको समस्या भएको बेला किसमिस खान सकिन्छ रु आउनुहोस् विशेषज्ञबाट यसबारेमा जानौं–

वरिष्ठ आहार विशेषज्ञका अनुसार किसमिसको सेवन गर्नाले सुगर लेवल बढ्न सक्छ । यस्तोमा मधुमेहका रोगीहरुलाई किसमिस नखाने सल्लाह दिइन्छ । तर यो ऊर्जाको भने राम्रो स्रोत मानिन्छ ।

किसमिसमा भरपूर मात्रामा फाइबर, प्रोटिन र काब्र्स पाइन्छ । यस्तोमा मधुमेहका विरामीहरुले सीमित मात्रामा नै किसमिस खानु पर्दछ तर सुगर लेवल बढिरहेको अवस्थामा भने यसको सेवन थोरै पनि गर्नु हुँदैन ।

किसमिसमा राम्रो मात्रामा पोषक तत्वहरु पाइन्छन् । यसलाई तपाईं भिजाएर बिहान नास्ता पछि थोरै खान सक्नुहुन्छ । साथमा यसलाई दलिया, खीरहरुसँग सीमित मात्रामा खान सक्नुहुन्छ । यसरी बच्चाहरुलाई पनि खुवाउन सकिन्छ ।

त्यस्तै किसमिसलाई सलादमा पनि मिसाएर खान सकिन्छ । हरिया पात भएका सलाद, तरकारी, नट्सहरुमा मिसाएर किसमिसलाई खान सकिन्छ ।
 कैयौंपटक टाइप २ डायबिटिजसँग जुधिरहेका विरामीहरुले कब्जियतबाट छुट्कारा पाउनका लागि किसमिसलाई भिजाएको पानीको सेवन गर्न सक्छन् । यसले पेट सफा गर्न सहयोग गर्छ ।
 सामान्य रुपमा किसमिसमा राम्रो मात्रामा फाइबर पाइन्छ । यसको सेवनले रक्तचाप, कोलेस्ट्रोल र स्ट्रोकको खतरालाई कम गर्न सकिन्छ ।