अछाममा ट्याक्टर दुर्घटना : तीन जनाको मृत्यु, ४ घाइते

अछाममा ट्याक्टर दुर्घटना : तीन जनाको मृत्यु, ४ घाइते

अछाम : अछामको चौरपाटी गाउँपालिका–३, शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ भने चार जना घाइते छन् ।

से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दशपल्ले माविका विद्याथीहरु रमेश साउद, लक्ष्मी साउद र काली साउदको मृत्यु भएको हो । रमेश एसईई परीक्षा दिएर बसेका थिए । लक्ष्मी कक्षा ९ र काली कक्षा ८ मा अध्ययनरत थिए ।

दुर्घनामा घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ । चालकले भने भागेर ज्यान जोगाएका छन् ।