शंखपार्कमा एक पुरुषको शव फेला

शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको शंखपार्कमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषको शव फेला परेको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले जानकारी दिए ।

पुरुषको पहिचान हुन सकेको छैन । अहिले प्रहरी घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।