विश्वको प्रदूषित शहरको सूचीमा काठमाडौं, वायु गुणस्तर सूचकांक २०२

विश्वको प्रदूषित शहरको सूचीमा काठमाडौं, वायु गुणस्तर सूचकांक २०२

काठमाडौं । डढेलो र आगलागीका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा प्रदूषण बढेको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार शनिबार बिहान काठमाडौँको वायु गुणस्तर सूचकांक २०२ पुगेको छ । 

शनिबार काठमाडौँ विश्वको प्रदूषित शहरको सूचीमा दोस्रो नम्बरमा सूचीकृत छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरुञ्जेल र हावाको मात्रा नबढुञ्जेलसम्म प्रदूषण हट्ने सम्भावना छैन ।

यद्यपि आगामी सोमबार भने पश्चिमी वायुको प्रभावले उपत्यकामा वर्षाको सम्भावना रहेकाले प्रदूषण केही मात्रा हट्ने महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए।