जङ्गलमा लागेको आगोबाट बाजुराका मोहनको घरमा आगलागी

जङ्गलमा लागेको आगोबाट बाजुराका मोहनको घरमा आगलागी

बाजुरामा जङ्गलमा लागेको आगोबाट एक घरमा आगलागी भएको छ । बुढीगंगा नगरपालिका(४ स्थित सल्लाघारी जङ्लमा लागेको आगोबाट सोही ठाउँका ४५ वर्षीय मोहन नेपालीको ढुङ्गा माटोले बनेको टिनले छाएको चार कोठे कच्ची घरमा आगलागी भएको हो ।

बिहीवार साँझ भएको आगलागीबाट घर र घरभित्र रहेका नगद खाद्यान्न भाँडावर्तन लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले बताएको छ । मानवीय तथा चौपाया क्षति भने भएको छैन ।

प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।